किसोर ओलि (kishor oli) // काठमाडौ कालीमाटी तरकारी बजारमा व्यवसाय गर्दै आउनुभएका नुवाकोट जिल्ला बेलकोटगढी वडा नं 10 का राजु कडेल ले उनका स्वर्गीय पिता सिदय राज कडेल को सम्झना र पिता उद्धार को उदेश्य ले विदुर नगरपालिका देविघाटमा रहेको देवीघाट जेष्ठनागरिक संरक्षण तथा अध्यान प्रतिस्ठानमा मा रहेका बृद्धहरुलाई मौसमअनुसारको तरकारी विगत चार वर्षदेखि एकहप्तामा तीनपटक सम्म पठाउँदै आउनुभएको छ।
उहाँले आफ्नो जन्मदिन र बुबा सिदय राज कडेल र हजुरबुवा हृदय राज कडेल को तिथिमा दुइ छाक खाना र जाडोको लागि नयानो कपडा बितरण गर्दै आउनु भएको छ ।
उहाँलाई हामीले तपाईंले सहयोग गर्नुको उद्देश्य के हो भनेर प्रश्न गर्दा उहाँ भन्नुहुन्छ ” यस आश्रममा रहनु भएको बुवाआमा मेरो बुबा आमा बराबर हुन आश्रमको बुबाआमालाई सेवा गर्न पाउनु नै मेरो भाग्य हो।” उहाँहरूको छोराछोरीले माया गरेको भए बृद्धआश्रम बस्न आउनु पर्ने थिएन ,म एकदमै धनी परिवारको व्यक्ति पनि होइन तर पनि म सहयोग गरिरहेको छु यो नै मेरो खुशी हो।
उहाँले अहिले 15 जान अरु सहयोगी साथीहरु समेत बनाउनुभएको छ ।उहाँका सहयोगी साथीहरु गंगा श्रेष्ठ , रामशरन रिजाल, दीपक, श्यामबहादुर ,सितुङ दाहाल ,बिकास गुम्ब ,हरेराम ,अम्बर कुब्र, बिनोद भण्डारी , प्रकाश बस्नेत ,तारा बुढाथोकी ,उद्धब श्रेष्ठ, नमराज ढुङ्गाना, रमिला पाण्डे रहेका छन्।




