नवीकरण नगरेको भन्दै चौधरी ग्रुपको सोलार आयोजना लाइसेन्स खारेज

अर्थ मुख्य

चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज भएको छ । उर्जा मन्त्रालयको सचिव स्तरीय निर्णयले चौधरी ग्रुप इन्फ्रास्ट्रकचर प्रालिको नाममा  रहेको सौर्य पीभी विद्युत आयोजनाको लाइसेन्स खारेज गरेको हो । 

कम्पनीले महोत्तरीमा १२० मेगावाटको उक्त आयोजना संचालन गर्न सर्वेक्षण अनुमति पत्र लिएकोमा नवीकरण नगरेको भन्दै लाईसेन्स नै खारेज गरिएको विद्युत विकास विभागले जनाएको छ । 

अनुमतिपत्र नवीकरणको लागि तोकिएको समयमा नवीकरणको लागि आवेदन नदिएको र कोभिडको कारण थप गरिएको समयमा पनि निवेदन नआएको विभागले जनाएको छ ।

चौधरी ग्रुप अन्तर्गत सन् २००६ मा चौधरी ग्रुप इन्फ्रास्ट्रकचर प्रालि स्थापना भएको थियो ।

Ad Banner
Ad Banner
Ad Banner

Leave a Reply

Your email address will not be published.