वैदेशिक रोजगार छाडेका मनहर महिनामै कमाउँछन् २ लाख

नुवाकोट समाचार बेल्कोटगढी नगरपालिका

किशोर ओलि// बेलकोटगढी वडा नं 10 का मनहर पन्थ करिब 10 वर्ष बैदेशिक रोजगारीको लागि विभिन्न देशमा गएर रोजगारी गरि अब आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ विदेशबाट आउनुभएको छ ।

उहाँ गाउँ आउनुभए लगत्तै 3 हजार अण्डा पार्ने कुखुरा पाल्नु भयो तर बिडम्बना त्यो वर्ष अन्डाको उचित मूल्य आएन ।लगानी त धेरै भइसकेको थियो 3000 अन्डा पार्ने कुखुराले डुबाएपछि फेरी उहाँले व्यवसाय हो एकचोटि घाटा पर्यो भनेर छोडेर हुँदैन फेरीपनि गरेर सफल हुन सकिन्छ भनेर आँट निकालेर बट्टारमा रहेको prime bank बाट एक करोड पैसा निकालेर फेरि पोल्ट्री व्यवसाय गर्ने सोच गर्नुभयो ।अहिले उहाँले एकहजार अण्डा पार्ने कुखुरा पाल्नु हुन्छ ।

उहाँलाई हामीले प्रश्न गर्यौँ… हजुरले पहिले नै यति धेरै घाटा हँदा पनि पोल्टी फर्म किन सुरु गर्नुभयो? यसरी प्रश्न गर्दा उहाँ भन्नुहुन्छ कि “व्यवसाय हो कहिले घाटा कहिले नाफा हुन्छ” घाटा भयो भन्दैमा व्यवसाय छोडिहाल्नु हुँदैन। मलाई योभन्दा पहिले घाटा परेको थियो अहिले मैले एक हजार मात्रै अण्डा पार्ने कुखुरा पालेको छु अहिले बजार एकदमै राम्रो छ । मैले एक महिना मा 2 लाख सम्म आम्दानी लिन सकेको छु । मैले अहिले सरकारलाई 1 वर्षमा 50 हजार कर बुझाउने गरेको छु।

उहाँलाई हामीले फेरि प्रश्न गर्यौँ..हजुरसँग दुबई सऊदी को गाडीको लाइसन भएको मान्छे महिनाको 2 लाख सम्म बिदेशमा कमाउन सक्ने मान्छे किन हजुरले पोल्टी फर्म ब्यबसाय रोज्नुभयो त? प्रश्न गर्दा भन्नुहुन्छ कि “अरूको देशमा गर्ने दुःख आफ्नै परिवारसँग सबै मिलेर विदेशमा कमाउने पैसा नेपालमै कमाईन्छ “त्यसै कारणले गर्दाखेरि मैले नेपालमा पोल्टी फर्म व्यवसाय सुरू गरेको हो ।

उहाँलाई त्यसैगरी …स्थानीय स्तरमै पोल्टी फर्म बाट यति राम्रो कमाइ हुने रहेछ त किन बेलकोटगढी 10 मा हजुरको मात्रै अन्डा पार्ने कुखुराको पोल्टी फर्म खौल्नु भएको ? भनेर प्रश्न गर्दा भन्नुहुन्छ “यो व्यवसाय गर्न को लागि सुरुमा अली बढी लगानी लाग्ने हुन्छ। पोल्टी फर्म को लागी सरकारले कुनै पनि सहुलियत ऋण प्रदान नगरेको र कुनै अनुदान पनि नदिएका कारण ले गर्दा नयाँ युवा साथीहरुले यो व्यवसाय नगरेको बताउनुहुन्छ।

Ad Banner
Ad Banner
Ad Banner

Leave a Reply

Your email address will not be published.