झ्याल बाहिरको उज्यालो ।

बिचार ब्लग

कौतुहलता,सोचाइ अनि भोगाइ यी सबै फरक कुरा हुन । हामी जे सोच्छौँ त्यो भन्दा हकिगत फरक हुन्छ।रमाउने, कमाउने, जिन्दगी जिउने हाम्रो छुट्टा छुट्टै अनुभव छ अनि फरक तरिका। तपाइलाइ थाहा छ हामिले सोचेको भन्दा पनि अलि कति फरक छ यो दुनियाँ,अनि फरक छ यो संसार ।

(पहिलो दिन) हामी सबैको सपनाको सहर अनि त्यही सहरको एउटा ठाउँ अँ अझै भनम एउटा ठूलो घर अनि त्यही घरको एउटा सानो कोठा,उज्यालो बत्ती, एउटा सानो फृज,टेबल,टिभी,एउटा खाट अनि केही अनौठो अक्षरमा लेखिएको खाने कुराको प्रकार हो यहि हो त हामी सबैको सपनाको सहर। कोठाको झ्याल खोलेँ सिसाबाट बाहिर हेरेँ, सहर आफ्नै धुनमा थियो । मैले नेपालबाट देखे भन्दा पनि फरक थियो यो सहर, मन थियो बाहिर निस्किएर चिच्याउँदै घुमौँ। अहो म त क्यारेन्टाइन(कोरोनाको संक्रमणलाई रोक्न सुरक्षित गरि बसिने बसाइ)मा पो छु त । मेरो सपनाको सहर मा टेक्न अझै केही समय लाग्ने भयो ।जे होस सहर वाउ छ ।

(दोश्रो दिन) बिहान कसैले नबोलाइ नखुले निन्द्रा आज छिट्टै खुले छ घडिमा आँखा पुगे हेरेको बिहानको 8 बजे छ । अघिल्लो दिनको थकाइ यी सबै कुरा बिसाएको खाटलाइ मिलाउँदै थिए मोबाइल बज्यो हेरेको साथिको फोन थियो , ओइ कस्तो छ जापान ? पहिलो प्रस्न, कस्तो लागि रहेको छ? दोश्रो,के भै रहेको छ? तेस्रो यो सबै प्रस्नको उत्तर दिनलाई मैले पहिले त बाहिर जानू थियो। झ्यालको पर्दाबाट देखिएको भरमा कसरी मैले उत्तर दिनु । मैले यति भने खत्रा छ यार । पहिलो दिन वाउ लागेको सहर मलाइ खत्रा लाग्न थालेको थियो कौतुहलता जो थियो मनमा।साथी सितको कुराकानी पछि खानेको कुरा खाने निर्णय गरेँ।यति हो फरक अनि खल्लो खल्लो खानेको कुरा खाएँ । नेपालको जस्तो थिएन खाना केही नपुगे जस्तो केही नभए जस्तो। खल्लो खाने कुरा पुरै रुचेन फ्याँकिदिए। दिन मोबाइल,झ्यालबाट बाहिर हेर्दै अनि नयाँ नयाँ कुराहरु सोच्दै गयो ।

(तेश्रो दिन उही उज्यालो उहि सहर,बस फरक म थिएँ अनि मेरो कौतुहलता।उठ्ने बित्तिकै झ्याल खोलेँ सहरमा चहलपहल थियो ।
अरुदिनको जस्तै निस्तो अनि खल्लो खाना,कौतुहलताले भरिएको मन अनि मोबाइल भरिका कुरा ।दिनको 12 बजे तिर क्याम्पसबाट फोन आयो केही कुराहरु भन्दै थिए मैले कति बुझेँ त्यो भन्दा धेरै बुझिन। नेपालमा ह्या जापान गएर पढौँला भने बसेको पारा देखिँदै थियो। त्यती बेलासम्म मैले बुझी सकेको थिएँ कि जापान भाषा बिना बाच्न गारो छ ।

(चौथो दिन)
खुलेको आकाश, हेर्दै घमाइलो दिन यो सबै समाबेश भए पनि मनमा कहिँ कतै नेपाल तिरको याद आउन थालेको थियो तर यो थाहा थियो कि अब कति पनि याद गर्नु हुन्न, दैनिक लिग्ने परिक्षाण,अनि नजानिदो भाषाका कारण जापान पक्कै पनि गारो छ भन्ने आभास मनमा भइ सकेको थियो अब पढ्नु अनि काम यो सबै दैनीकि बन्ने छ थाहा हुन थालेको थियो । सबै भन्दा ठूलो समस्या भनेको भाषा थियो यो राम्रोशीत भैसकेको थियो ।
त्यही अनुसार अघि बढ्ने प्रण गरेँ।

(पाँचौ दिन)
प्रत्यक दिनको बिहान जस्तै यो दिन पनि चाडै आँखा खुलेन।आँखा खुल्दा सहर काममा थाली सकेको थियो मेरो काम त बस खाने बस्ने मोबाइल चलाउने त्यही त थियो। नेपाली खानाको बहुत याद आइरहेको थियो । हामी नेपालीहरुको बानि नै यहि होकि आफ्नो स्वाद भन्दा बाहिरको अलिकती पनि खान सक्दैनौँ।मलाइ त्यो राम्रो महसुस गरेँ ।यहाँ जापानमा पनि नेपाली रेस्टुरेन्टहरु धेरै छन।सबैको पहुँचमा कहाँ हुन्छ र त्यो पनि ।मैले यहिँ बस्ने दाइलाइ फोन गरे खाना ल्याउने कुरा गर्नु भयो ।तर कहाँ ल्याउने भन्ने अन्योल, नयाँ आउने मान्छेको मुख्य समस्यानै यहि हो।भाषा राम्रो नभए पछि ठाउँको समस्या त भै नै हाल्छ। अब समस्या ठाँउको पनि हुन थाल्ने छ मैले महसुस गरेँ नेपाल म जस्तो छैन भन्ने।

छैटौँ दिन)
दिन बित्दो थियो बाहिरी दुनियाँबाट टाढा बसेको धेरै भैसकेको थियो।अब त सपनाको शहर सपनामा मात्र सिमित भैरहेको थियो । मेरो आँखा अनि जे भने पनि त्यो झ्याल थियो जहाँबाट बाहिरको उज्यालो मात्र देख्न सकिन्थ्यो।बाहिरी दुनियाँसंग घुलमिल हुनलाइ मलाइ समय लाग्ने महसुस गर्दै थिएँ ।यस्तै यस्तै कुराले मेरो दिन बित्यो । भोलि बिहानै यहाँबाट निस्किनु पर्ने संदेश आइ सकेको थियो । मैले घरमा फोन गरेर खबर दिएँ ।मेरो जस्तै हालत त होला मेरो नजिकै नजिकै बसेका नेपालीको म त यहाँबाट बाहिर निस्किएँ तर उनिहरुको के होला बोल्न त पाको छैन भए पनि आफ्नै देशको भने पछि छिट्टै माया लागेर आउने।।

(सातौँ दिन)
बिहान कहिलै चाँडै नउठने म आज चाँडै निन्द्रा खुलो आँखा खोले, छिट्टै निस्किनु थियो नुहाने यता उति काम सक्काएँ बाकी अलिअली सामान प्याक गर्नु गरेँ । तयार हुँदै गर्दा कोठालाइ राम्रो शीत हेरेँ पक्कै हाम्रो भेट अब हुन्न होला,जिन्दगी के हो एक्लो पन केहो मैले तँ भुत्र समाबेस भएर थाहा पाएँ मलाइ नबिर्सियस, निर्जिब बस्तुसंगको वार्तालाप पछि म त्यहाँबाट निस्किएँ।अब वास्तविक संघर्षको मैदानमा निस्किदै थिएँ आफुले आफुलाई नै शुभकामना दिएँ अनि अघि बढेँ……..।

बिकास पुडासैनी
हाल जापान नागोया

Ad Banner
Ad Banner
Ad Banner

Leave a Reply

Your email address will not be published.