बेल्कोटगढि को सम्भाबित मेयर मा माधब पौडेल

नुवाकोट समाचार बेल्कोटगढी नगरपालिका राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट वैशाख 30 गतेको लागि बेलकोटगढी को स्थानीय निर्वाचनमा पार्टीले मेयरको सम्भावित नाममा माधव पौडेल को नाम अगाडि सारेको छ।

बेलकोटगढी नगरपालिका वडा नम्बर 10 मा बस्दै आएका माधब पौडेल सामाजिक कार्यहरू गर्दै आउनुभएका छन् ।

वामपन्थी बाट राजनीति सुरुवात गरेका माधव पौडेल साविक बेलकोटगढी गाबिसमा एमालेको सचिव रही ईलाका कमिटि सदस्य रही काम गर्दे वामपन्थी राजनीतिक बाट अलग भई अाफ्नो देश सुहाउँदो राष्ट्रियता प्रजातन्त्र र उद्धार बाटोको नारालाई अँगाल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी मा प्रवेश गरेका थिए ।

साविक बेलकोटगढी नगरपालिकाको राप्रपाका कार्यसमितिकाे अध्यक्ष भई हाल बेलकोटगढी नगरपालिका को अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्णय भए सँगै पार्टीको विधान लाई स्वीकार गर्दै युवाहरूको नेतृत्व पाटीमा हुनुपर्छ भन्ने मान्यता राख्दै सबै धर्म सँग राम्रो भाव सहित को हिन्दुराज्य र राजतन्त्र सहितको प्रजातन्त्र लाई स्वीकार गर्दै आउनुभएका छन।

Ad Banner
Ad Banner
Ad Banner

Leave a Reply

Your email address will not be published.