मानव सेवा आश्रमले नुवाकोटबाट ७ जना सडक मानवको उद्वार गर्‍यो

नुवाकोट समाचार

नुवाकोट।
मानव सेवा आश्रमले नुवाकोटबाट ७ जना सडक मानवको उद्वार गरेका छन् ।सडक मानव मुक्त अभियान गर्दै आईरहेको आश्रमले शनिबार नुवाकोटबाट सडकमा अलपत्र अवस्थामा रहेका ६ जना पुरुष र १ जना महिलालाई उद्वार गरि काठमाडौ मानव सेवा आश्रममा पठाइएको आश्रममा अभियन्ता सुमन बर्तौलाले जानकारी दिनु भएको छ।

विदुर नगरपालिका प्रमुख सन्जु पण्डित,सभ्यता समाज नेपाल अध्यक्ष रामेश्वर गजुरेल ,समृद्ध नुवाकोटका अभियान्ताहरु क्रमश: पुर्णमान कुमार श्रेष्ठ,सन्जय भट्ट,सन्जय मगर,शुशिल खरेल,सन्तोष नेपाल ,महिला मानव अधिकार रक्षक हरुको जिल्ला संजालका अध्यक्ष अञ्जली पाण्डे ,TPO NEPAL का जिल्ला संयोजक रुपा राई ,संकल्प नेपालका शर्मिला थापा ,बेल्कोटगढि नगरपालिका(सामि) का मनिषा थापा,समता स्कुलका संयोजक महेन्द्र श्रेष्ठ ,विदुर सिटि युवा क्लबका नरेश थापा, नुवाकोट एम्बुलेन्स चालक संघका अध्यक्ष रामचन्द्र तामाङ र मानव सेवा आश्रम को संयुक्त सहकार्यमा जिल्ला प्रहरी कार्यलय नुवाकोट,विदुर नगरपालिका ,बेल्कोटगढि नगरपालिका,म्यागङ गाउँपालिका लगायत स्थानीय निकायको सहयोगमा सडक अलपत्र रहेका सडक मानवको उद्वार गरिएको आश्रमले जानकारी दिएको छ।   

“जसको कोहि हुँदैन ,उनैको सेवामा समर्पित ” मुल मन्त्र साथ विशेष गरि २०६९ सालदेखी नै आश्रम खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश जीवन नै जोखिममा रहेका अनाथ , अपाङ , अशक्त ,अशहाय , शारिरीक तथा मानसिकरुमा कमजोर मानवहरुको उद्धार ,उपचार ,पालनपोषण एवं पारिवारीक मिलन गराउँदै आइरहेको छ ।

Ad Banner
Ad Banner
Ad Banner

Leave a Reply

Your email address will not be published.